Skip to content

राजस्व विभागको सफ्टवेयर ह्याक गरी भाटभटेनीको कर बढाएको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । आन्तरिक राजस्व विभागको सफ्टवेयर ह्याक गरेर भाटभटेनी सुपरमार्केटले तिर्नुपर्ने करको दायित्व बढाएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पर्वतको बिदाहा गाउँपालिका–३ का २८ वर्षीय सन्तोष पराजुली र गोरखाको भीमसेन थापा गाउँपालिका–४ का २२ वर्षीय परिन पाण्डे छन् । उनीहरूबाट ल्यापटप, सीपीयू, वाइफाइ राउटर, डीभीआर र मोबाइल बरामद भएको छ ।

उनीहरूले आन्तरिक राजस्व विभागको सफ्टवेयरको ‘एकीकृत कर प्रणाली’ बाट करदाता भाटभटेनी सुपरमार्केटको युजर आईडी र पासवर्डमा पहुँच पुर्‍याई करको दर हेरफेर गरेको सीआईबीका प्रवक्ता तथा एसपी सुधीरराज शाहीले बताए ।

पक्राउ परेकाहरू बिहादी बिजनेस म्यानेजमेन्ट चितवनको नीजी फर्ममा लेखापरीक्षण गर्ने व्यक्ति रहेको एसपी शाहीले बताए । पक्राउ परेकाहरूविरुद्ध विद्युतीय कारोबारको कसुरको काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

सिस्टम ह्याक गरेर उनीहरूले भाटभटेनी सुपरमार्केटले सरकारलाई तिर्नुपर्ने कर भन्दा बढी १३ करोड ९ लाख ५९ हजार ६०९ रुपैयाँ बढी देखाएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्