Skip to content

सुनको मूल्य एक सय रुपैयाँले बढ्यो

काठमाडौँ । आइतबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक सय रुपैयाँले बढेर एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्