काठमाडौँ । देवी भट्टचन जोडिएको एक मुद्धामा मंगलबारमात्रै दुई जना कारागार जेल चलान भएका छन् । देवी भट्टचन करोडौँ धरौटी राखेर रिहा भएका छन् । प्रभु बैंकका उच्च पदस्त अधिकारीहरु जेलमा छन् । जताततै बैंक र बैंकका पूर्व अध्यक्ष देवी भट्टचन जोडिएका प्रकरणहरु छताछुल्ल भईरहेका छन् । यसैबीच देवी भट्टचन जोडिएको घर बिक्री काण्डको प्रमाण अर्थ खबरले फेला पारेको छ ।
अर्थ खबरलाई प्राप्त प्रमाण अनुसार देवी भट्टचनले प्रभु क्यापिटललाई घर बेचेको देखिन्छ । जवकि भट्टचन आफैँ बैंकका ठुला प्रोमोटर हुन् । यसमा सिधै स्वार्थको द्वन्द देखिन्छ ।
अझ प्रभु क्यापिटललाई डुबाउने खेल कहाँ भएको छ भने कम्पनी जम्मा १२० करोड चुक्तापूँजीको हो । तर १२० करोड चुक्तापूँजी भएको कम्पनीले ७५ करोडमा घर किनेको छ । यो खर्च कम्पनीको आवश्यकता भन्दा पनि भट्टचनको हिसाब मिलाउन गरिएको भन्दै कम्पनीकै केहि संचालकहरुले आवाज उठाईरहेका छन् ।
क्यापिटलमा बैंकको ५६ प्रतिशत सेयर स्वामित्व छ । तर अचम्मको कुराचाहिं ७५ करोडको घर खरिद, त्यो पनि पूर्व अध्यक्षकै नामको घर बैंकको ५६ प्रतिशत सेयर स्वामित्व भएको कम्पनीले खरिद गर्दा पनि बैंकको बोर्डलाई जानकारीसमेत गराइएको छैन।देवी भट्टचन पछिल्लो समय अरवौंको काण्डमा परेका छन् । उनीविरुद्धको मुद्धा अदालतमा विचाराधीन छ । बैंकमा भएको करोडौंको घोटाला प्रकरणमा सीआईबीले हाल अनुसन्धान गरिरहेको छ । सीआईबीले अनुसन्धान गरेको त एउटा फाइलको केस हो, बैंकभित्र यस्ता घोटालाका केस धेरै भएको बताइन्छ । सीआईबीले यो विषय पनि अनुसन्धानको विषय बनाउला वा नबनाउला, त्यो भने हेर्न बाँकी नै छन् ।
कम्पनीले यति महँगोमा भवन किन्दा पनि कम्पनीका अध्यक्ष र सीइओ मौन बस्नुले घटनालाई थप रहस्यमयी बनाएको छ । कम्पनीका सीइओ आशिष गौचन गएदेखि कम्पनीमा थुप्रै अरु काण्डहरु पनि घटिरहेको पाइएको छ । यति ठुलो केसमा पनि कम्पनीका अध्यक्ष र सीइओले यसलाई गलत भन्न सकेका छैनन् ।
यस विषयमा कम्पनीको धारणा लिन हामीले कम्पनीका सीइओ आशिष गौचनलाई सम्पर्क गरेका थियौँ । तर, उनले फोन नै उठाएनन् ।
अर्को अंकमा
प्रभु क्यापिटलका सीइओ आशिष गौचनको बदमासी, जनताको करोडौं लगानी संकटमा !
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्