Skip to content

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १०३ जनालाई कारबाही

nmb bank inside

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १०३ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १०३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ६६, रातोबत्तीमा २६ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा १४४, हर्न निषेधमा ३८, लेन क्रसमा ५६, अवस्था ठिक नभएको ३४, एकतर्फीमा १६ र अन्यमा ६५९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्