Skip to content

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु

nmb bank inside

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु

काठमाडौं । नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच आजदेखि औपचारिक वार्ता सुरु भएको छ ।

मंगलबार महाअभियानले उठाएका विभिन्न मागको समाधानका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार र महाअभियानबीच वार्ता सुरु भएको हो । 

सरकारले भदौ १ गते सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य रहेका छन् । 

सरकारको आह्वानपछि महाअभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंले पनि विष्णु बोहरा क्षेत्रीको संयोजकत्वमा ९ सदस्यीय वार्ता टोली गठन गरी सरकारसमक्ष पठाएका थिए ।

दुवै पक्षले वार्ता टोली गठन गरेपछि आजबाट महाअभियानले उठाएका मागका विषयमा औपचारिक संवाद सुरु भएको हो । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्