Skip to content

सिभिल अस्पतालमा बिहानैदेखि बिरामीको लामो लाइन (तस्बिरसहित)

nmb bank inside

सिभिल अस्पतालमा बिहानैदेखि बिरामीको लामो लाइन (तस्बिरसहित)

तस्बिार, नेपाल न्यूज बैंक

नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा ओपीडी टिकट लिन बिहानैदेखि बिरामीहरुको लामो लाइन लाग्ने गरेको छ । बिहान करिब ५ बजेदेखिनै अस्पताल परिसरमा ओपिडि टिकट लिन आउने बिरामी र उनीहरूका आफन्तको भीड देख्न सकिन्छ ।

ओपीडी सेवा लिन आएका सेवाग्राहीहरू टिकट काट्न घण्टौँ पालो कुर्नुपर्ने अवस्था रहेको बताउँछन् । बिरामीको चाप बढे पनि टिकट व्यवस्थापन र सेवा प्रवाहमा सुधार आवश्यक रहेको सेवाग्राहीहरूको गुनासो छ । यस्तो दृश्य सिभिल अस्पतालमा मात्र नभइ देशभरका अन्य सरकारी अस्पतालहरुमा पनि देखिने गरेको छ । जसले सरकारी स्वास्थ्य सेवामा बढ्दो चापलाई स्पष्ट रुपमा देखाउँछ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्