Skip to content

रसुवामा बाढी-पहिरोको प्रभाव: चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो

nmb bank inside

काठमाडौं । रसुवा जिल्लामा आएको ठूलो बाढी–पहिरोका कारण चार जिल्लातर्फ जाने सवारीसाधनलाई काठमाडौंमै रोकिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट रसुवा, नुवाकोट, चितवन र धादिङ जाने सवारीसाधनलाई तत्कालका लागि सञ्चालनमा रोक लगाइएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार बाढीको जोखिमलाई मध्यनजर गर्दै ती जिल्लातर्फ जान लागेका सवारीसाधनलाई काठमाडौंमै रोकिएको हो। उनले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै अर्को सूचना नभएसम्म ती मार्गहरूमा आवागमन बन्द गरिएको जानकारी दिए।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्