Skip to content

बाढी प्रभावित क्षेत्रमा उद्धारको लागि निजी हेलिकप्टरलाई सरकारको अनुमति लिनु नपर्ने

nmb bank inside

काठमाडौं ।बाढी प्रभावित क्षेत्रमा उद्धारको लागि निजी क्षेत्रका हेलिकप्टरलाई सरकारको अनुमति लिनु नपर्ने भएको छ। सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र र प्रभावकारी बनाउन निजी क्षेत्रका हेलिकप्टरलाई अनुमति बिना नै उडान गर्न दिने निर्णय गरेको हो। प्रधानमन्त्री कार्यालयले यस्तो निर्देशन जारी गर्दै उद्धार कार्यमा ढिलाइ नहोस् भन्ने उद्देश्यले प्रक्रियालाई सहज बनाएको जनाएको छ।

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवा हुँदै नेपालका विभिन्न क्षेत्रमा फैलिँदा व्यापक क्षति भएको छ। बाढीका कारण भौतिक संरचनामा ठूलो नोक्सानी पुगेको छ भने कतिपय क्षेत्रसँग सम्पर्क समेत विच्छेद भएको छ। प्रभावित क्षेत्रमा कति मानिस सम्पर्कविहीन छन् भन्ने यकिन विवरण अझै आउन सकेको छैन।

सरकारले आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै उद्धार कार्यमा संलग्न निजी हेलिकप्टरलाई पूर्वअनुमति लिनुपर्ने प्रावधान अस्थायी रूपमा हटाएको हो। यस निर्णयले दुर्गम तथा प्रभावित क्षेत्रमा छिटो उद्धार तथा राहत सामग्री पुर्‍याउन सहयोग पुग्ने विश्वास गरिएको छ।

सुरक्षा निकाय तथा सम्बन्धित निकायहरू उद्धार कार्यमा सक्रिय रूपमा परिचालित रहेका छन् भने सरकारद्वारा अवस्थाको निरन्तर अनुगमन भइरहेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्