Skip to content

भोटेकोशी बाढी : ६४४ जना बेपत्ता

nmb bank inside

काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि ६४४ जना बेपत्ता भएको विवरण सार्वजनिक भएको छ । बिहीबार दिउँसो १ बजेदेखि ५ः४५ (नेपाली समय) सम्मको विवरणअनुसार बेपत्ता हुनेमा नेपालीसहित विभिन्न देशका नागरिक रहेका छन् ।

सार्वजनिक विवरणअनुसार सबैभन्दा धेरै भारतका १७८ जना नागरिक बेपत्ता भएका छन् भने नेपालका १२७ जना बेपत्ता रहेको उल्लेख छ । त्यस्तै अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३, क्यानडाका २५, सिंगापुरका ९ र रुसका ८ जना नागरिक बेपत्ता भएका छन् ।

यसैगरी जापान र न्युजिल्यान्डका ५–५ जना, फ्रान्सका ४ जना, बेल्जियम र स्पेनका ३–३ जना तथा काजकिस्तान, पोर्चुगल, इटाली र आयरल्यान्डका २–२ जना बेपत्ता रहेको विवरणमा जनाइएको छ ।

जर्मनीका ८, लाट्भियाका ६, दक्षिण अफ्रिकाका ६, फिनल्यान्डका १, बेलारुसका १, नेदरल्यान्ड्सका २, हंगेरीका १, इजरायलका १ र लिथुआनियाका १ जना नागरिक पनि बेपत्ता रहेको विवरणमा उल्लेख छ । यस्तै स्विडेन, सर्बिया र बुल्गेरियालगायतका देशका नागरिकसम्बन्धी विवरण पनि सार्वजनिक गरिएको छ ।

बाढीपछि बेपत्ता भएका नागरिकको खोजी तथा उद्धार कार्य जारी रहेको छ । उपलब्ध विवरणअनुसार कुल बेपत्ता हुनेको संख्या ६४४ जना पुगेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्