Skip to content

मृतकको कानबाट मुन्द्रा चोरी गर्ने दुईजना पक्राउ

nmb bank inside

काठमाडौँ । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका व्यक्तिको शवबाट कानको मुन्द्रा चोरी गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा मृतकको शवको व्यवस्थापन तथा खोजी कार्य भइरहेका बेला शवबाट सुनका मुन्द्रा चोरी गरेको सूचना पाएपछि प्रहरीले ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

घटनासँग सम्बन्धित भिडियो यसअघि सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियोमा मृतकको शवबाट कानको मुन्द्रा निकालिएको देखिएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो।

भाइरल भिडियोबारे अनुसन्धान गर्दै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुईजना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो। 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्