काठमाडौँ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीमा परी ज्यान गुमाएकाहरूको पशुपति क्षेत्रस्थित आर्यघाट तथा भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ।
पशुपति क्षेत्र विकास कोषले यसका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइसकेको जनाएको छ। कोषका सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीका अनुसार बाढीपीडित मृतकहरूको सम्मानपूर्वक अन्त्येष्टि सुनिश्चित गर्न यस्तो सेवा सञ्चालनमा ल्याइएको हो।
निःशुल्क दाहसंस्कारका लागि आवश्यक समन्वय गर्न कोषले शरदराज वैद्यसँग सम्पर्क गर्न आग्रह गरेको छ। उनका अनुसार वैद्यलाई ९८४१२२९९९४ नम्बरमा सम्पर्क गर्न सकिनेछ।
थप जानकारीका लागि इच्छुकले कोषको कार्यालयमा सिधै सम्पर्क गर्न सक्नेछन्। विपद्को समयमा एकअर्कालाई सहयोग गर्दै मानवता जोगाउने उद्देश्यसहित यो पहल सुरु गरिएको कोषले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्