Skip to content

सोलुका तीनवटै सुरक्षा निकायलाई विपद उद्धार तथा पूर्वतयारीका सामाग्री वितरण

nmb bank inside

सोलुखुम्बु । सोलुखुम्बुका ३ ओटै सुरक्षा निकायलाई विपद उद्धार तथा पूर्वतयारीका आवश्यक सामाग्री वितरण गरिएको छ । 

 जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु मार्फत विपद पूर्वतयारी तथा उद्धारका क्रममा चाहिने सामाग्री वितरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले एक औपचारिक कार्यक्रमका बीच विपदको समयमा सुरक्षा निकायलाई आवश्यक पर्ने स्ट्रेचर, डोरी, गैँती, फायर रेस्क्यु लगायत जम्मा २५ प्रकारका सामाग्री सुरक्षा निकायलाई प्रदान गरिएको जनाएको छ ।

 राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यक्रम अन्तर्गत जिल्लामा प्राप्त ९ लाख ९० हजार रुपैयाँको बजेटबाट उक्त सामाग्रीहरू खरिद गरि वितरण गरिएको हो ।

सामाग्री हस्तान्तरण गर्दै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरले सुरक्षा निकायलाई जुनसुकै विपदको समयमा पनि उद्धार तथा प्रतिकार्यका लागी आवश्यक पर्ने सामाग्रीहरू प्रारम्भिक रुपमा खरिद गरि हस्तान्तरण गरिएको बताए । यसले फिल्डमा खटिने निकायहरूलाई नागरिकको सेवामा काम गर्न सहजता हुने उनको विश्वास छ ।

सामाग्री प्राप्त गर्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख, प्रहरी नायब उपरीक्षक नवीन राजा बुढाथोकीले विपदको समयमा प्रहरीले काम गर्ने क्रममा प्राप्त सामाग्रीहरूले सहजता दिने उल्लेख गरे। प्रजिअ मगरले नेपाली सेनाका जिल्ल स्थित उच्च अधिकारीहरूको रोहबरमा सामाग्री हस्तान्तरण गरिएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्