काठमाडौँ । बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ हजार ३ सय रुपैयाँले बढेको हो।
योसँगै आज सुन प्रतितोला ३ लाख १३ हजार ४ सय कायम भएको छ । कारोबारको अघिल्लो दिन सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि २६० रुपैयाँले बढेको छ। योसँगै आज चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबारको दिन चाँदी प्रतितोला चार हजार ५९५ मा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्