Skip to content

सुस्ताका २ हजार बढी नागरिकलाई सुरक्षित स्थानमा सारियो

nmb bank inside

काठमाडौँ । रसुवागढी क्षेत्र हुँदै आएको भीषण बाढीका कारण नारायणी नदीमा पानीको सतह बढेपछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा जोखिम बढेको छ। जोखिमलाई मध्यनजर गर्दै करिब दुई हजारभन्दा बढी महिला तथा बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

जोखिममा पर्न सक्ने परिवारहरुलाई सुस्तावारीस्थित बिपी माध्यमिक विद्यालय र शिवगङ्गा आधारभूत विद्यालयमा सुरक्षित रूपमा राखिएको छ ।

दोस्रो चरणमा अन्य सर्वसाधारणलाई समेत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ। उद्धार तथा जोखिम व्यवस्थापनका लागि सुरक्षा निकायका टोलीहरू सुस्ता क्षेत्रमा परिचालित भएका छन्। केही स्थानीय बासिन्दा आफन्तको शरणमा गएको पनि जनाइएको छ।

नारायणी नदीमा पटक–पटक आउने बाढी र डुबानका कारण सुस्तावासी लामो समयदेखि प्रभावित हुँदै आएका छन्। हाल पुनः पानीको बहाव बढेपछि स्थानीयहरू त्रसित बनेका छन्।स्थिति जोखिमपूर्ण बनेसँगै सुस्ता गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्