गोसाइँकुण्डतर्फ गएको बा.५ ख १२५० नम्बरको बस सम्पर्कविहीन, २५ यात्रुको अवस्था अज्ञात
काठमाडौं । धादिङबेँसीबाट रसुवाको गोसाइँकुण्डतर्फ गएकाे बा.५ ख १२५० नम्बरको बस बुधबार बिहानदेखि सम्पर्कविहीन भएको छ । बसमा सवार यात्रु तथा चालक–सहचालकसँग हालसम्म सम्पर्क हुन नसकेको जनाइएको छ ।
धादिङ मण्डली यातायात समितिका अनुसार बसमा यात्रा गरिरहेका यात्रु तथा चालक–सहचालकको अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन । उनीहरूको अवस्था पत्ता लगाउन खोजी तथा समन्वय भइरहेको छ ।
सम्पर्कविहीन बसमा नीलकण्ठ नगरपालिका–१२ का दयाराम लम्साल, सीता लम्साल, ठाकुर लम्साल, सारदा लम्साल, प्रकाश लम्साल र इन्दिरा लम्साल रहेका छन् ।
त्यस्तै, नीलकण्ठ नगरपालिका–९ का राम लम्साल, जानुका लम्साल, कृष्णप्रसाद खनाल, राधिका खनाल, रामचन्द्र खनाल, भगवती खनाल, शिवहरि लम्साल, गायत्री लम्साल, नारायणप्रसाद लम्साल, सीता लम्साल, राजन लम्साल र न्याउरी लम्साल रहेका छन् ।
सिद्धलेक गाउँपालिका–१ का हरिप्रसाद सिलवाल, बिन्दा सिलवाल, घनश्याम भट्ट र कल्पना भट्ट तथा नीलकण्ठ नगरपालिका–३ का सीता तिवारी, तुल्सी तिम्ल्सिना र ईश्वरी तिम्ल्सिना पनि बसमा सवार रहेको जनाइएको छ ।
बसका चालक नीलकण्ठ नगरपालिका–१२ का छबिलाल श्रेष्ठ रहेको बताइएको छ । बसमा सवार यात्रु तथा चालक–सहचालकको सम्पर्कमा रहेका वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेका व्यक्तिलाई तत्काल धादिङ मण्डली यातायात समितिमा जानकारी गराउन अनुरोध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्