Skip to content

रसुवागढी हाइड्रोपावरको सुरुङभित्र कोहि नभेटेपछि फर्कियो उद्धार टोली

nmb bank inside

काठमाडौँ । रसुवागढी हाइड्रोपावरको सुरुङभित्र गएको उद्धारटोली रित्तो फर्किएको छ। खोजी तथा उद्धारका लागि गएको नेपाली सेना नेतृत्वको टोली सुरुङभित्र कुनै पनि व्यक्ति फेला नपरेपछि रित्तो फर्किएको हो।

भोटेकोशी नदीमा आएको बाढीपछि सुरुङको अन्तिम भागमा मानिस फसेको हुनसक्ने आशंकामा नेपाली सेनाको नेतृत्वमा इन्जिनियर र ड्रोनसहितको टोली खोजीमा खटिएको थियो।

टोलीले सुरुङको भित्री तथा अन्तिम बिन्दुसम्म पुगेर ड्रोनमार्फत समेत विस्तृत खोजी गरे पनि कुनै मानवीय उपस्थिति भेटिएन।

नेपाली सेनाका अनुसार सुरुङभित्र कोही पनि व्यक्ति नरहेको पुष्टि भएपछि खोजी तथा उद्धार कार्य समाप्त गर्दै टोली रसुवाको धुन्चे फर्किएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्