Skip to content

बाढी प्रभावितका लागी शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

nmb bank inside

काठमाडौँ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ लाख रुपैयाँ तथा कर्मचारीहरूको तर्फबाट १० लाख रुपैयाँ गरी कुल ६५ लाख रुपैयाँ सहयोग गरेको हो।

रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लामा बाढीका कारण मानवीय तथा भौतिक क्षति भई नागरिकहरूको दैनिक जीवन प्रभावित भइरहेको अवस्थामा राहत तथा पुनर्स्थापना कार्यलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ।

बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा विपद्को कठिन घडीमा प्रभावित नागरिकहरूको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सरकार र सम्बन्धित निकायलाई सहयोग गर्ने उद्देश्यसहित ऐक्यबद्धता जनाइएको उल्लेख छ।

त्यसैगरी बैंकले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, बेपत्ता नागरिकहरूको सकुशल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्