Skip to content

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

nmb bank inside

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

काठमाडौं । कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीले ल्याएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित भएको छ । 

सङ्क्रामक पशु तथा माछाजन्य रोगको रोकथाम, नियन्त्रण, निवारण तथा उन्मूलन गर्दै पशु स्वास्थ्य, जनस्वास्थ्य र वातावरणीय स्वास्थ्य संरक्षण गर्ने उद्देश्यसहितको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ राष्ट्रिय सभाबाट पारित भएको हो ।

विधेयकले सङ्क्रामक पशु रोगबाट हुन सक्ने क्षति न्यूनीकरण, रोग नियन्त्रणमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा पशु तथा पशुजन्य पदार्थको सुरक्षित व्यापार प्रवद्र्धनका लागि कानुनी आधार तयार गर्नेछ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्