Skip to content

बिहिबार दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

nmb bank inside

काठमाडौँ। बिहिबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ११. ७७ अंकले बढेर २,६२९ को विन्दुमा कायम भएको हो ।

आज दिनभरिमा ३५६ कम्पनीको १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल ल्युब आयलका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १२ दशमलव ४७ प्रतिशतका दरले कमाएका हुन्।

आजको बजारमा सबैभन्दा धेरै मिड सोलु हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ११ दशमलव ५८ प्रतिशतका दरले गुमाएका हुन् ।

 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्