Skip to content

कुलेखानी ड्यामको ढोका खोलिएको होइन : प्रमुख जिल्ला अधिकारी

nmb bank inside

कुलेखानी ड्यामको ढोका खोलिएको होइन : प्रमुख जिल्ला अधिकारी 

हेटौंडा । कुलेखानी ड्यामको ढोका खोलिएको भन्ने कुरा सत्य नभएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले स्पष्ट पारेका छन् ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार रातिको समयमा कुलेखानी जलाशयको पानीको सतह थप बढ्न सक्ने र आकस्मिक रूपमा ड्यामको ढोका खोल्नुपर्ने अवस्था आउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै पूर्वसावधानीस्वरूप देउराली–सिस्नेरी सडकखण्डमा यात्रा प्रतिबन्ध लगाइएको हो ।

उनका अनुसार ड्यामको ढोका खोल्नुपर्ने अवस्था आएमा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने तथा देउराली–सिस्नेरी सडकखण्डका केही स्थानमा विपद्को जोखिम सिर्जना हुन सक्ने भएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि सडक बन्द गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले हालसम्म कुलेखानी ड्यामको ढोका नखोलिएको स्पष्ट पार्दै सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्वसावधानी अपनाइएको जानकारी दिए ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्