काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घटेको हो।
योसँगै आज सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम भएको छ। कारोबारको अघिल्लो दिन शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ६५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया दिनुहोस्