काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले (आज) मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज फलफूल तथा तरकारीको मूल्यमा सामान्य घटबढ भएको पाइएको हो ।
समितिका अनुसार मंगलबार नेपाली ठूलो गोलभेडा प्रतिकेजी ४० रुपैयाँ, लोकल सानो गोलभेडा १२, अदुवा १ सय ४०, रातो आलु ३५, सेतो आलु २६ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै, स्थानीय काउली २० रुपैयाँ, कागती १ सय २० रुपैयाँ, सुकेको खुर्सानी ४ सय ८० रुपैयाँ, हरियो खुर्सानी ९० रुपैयाँ, अकबरे हरियो खुर्सानी ४ सय रुपैयाँ मूल्य तोकिएको छ ।
यस्तै, ब्रोकाउली प्रतिकेजी ४० रुपैयाँ, चाइनिज सुकेको लसुन २ सय ५० रुपैयाँ छ भने हरियो लसुन १ सय २० र हरियो धनियाँ १ सय रुपैयाँमा पाइने समितले जनाएको छ । यसैगरी, लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, लोकल गाँजर ४० रुपैयाँ, लोकल सेतो मूला १२ रुपैयाँ, रातो मूला १५ रुपैयाँ लोकल घिउ सिमी ३० रुपैयाँ, हरियो फर्सी लाम्चो २५ रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।
ताजा छडी माछा २ सय ४० रुपैयाँ र बचुवा माछा २ सय ६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने रहु माछा ३ सय ६० रुपैयाँ, भारतीय सुकेको प्याज ७५ रुपैयाँ, चाइनिज प्याज ६० रुपैयाँ, पुदिना ३ सय २० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ केजी कायम गरेको छ । हरियो अंगुर प्रतिकेजी २ सय ५० रुपैयाँ, कालो अंगुर ३ सय २० रुपैयाँ, अनार ३ सय रुपैयाँ किवी ३ सय रुपैयाँ, एभोकाडो २ सय ५० रुपैयाँ, अमला ७० रुपैयाँ, अम्बा १ सय रुपैयाँमा तथा सखरखण्ड ६० रुपैयाँमा किनबेच भइरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्