Skip to content
nabil bank inside

मुलुकको समृद्धिका लागि नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो छ: प्रधानमन्त्री दाहाल

nmb bank inside

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो औँल्याएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा (आज) बुधबार भएको ‘दिगो विकासको वर्तमान अवस्था र भविष्य’ विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले परम्परागत ढङ्गको कृषि प्रणालीबाट मुलुकको समृद्धि सम्भव नभएको जानकारी दिएका छन् । प्रधानमन्त्री दाहालले आधुनिक कृषि प्रणालीको अवलम्बन गरिनुपर्नेमा जोड दिँदै कृषि क्षेत्रको विकासबाट रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा आयात प्रतिस्थापन गर्न सकिने जनाएका छन् । नेपालको दिगो विकासको मूल आधार कृषि नै रहेको उनको भनाइ छ ।

वर्तमान सरकार कृषिलाई मुख्य आधार बनाएर समृद्धिको यात्रामा होमिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सोह्रौँ पञ्चवर्षीय योजनामा कृषिको भूमिकालाई प्रतिविम्बित गर्न खोजिएको जनाएका छन् । आफू पनि कृषिको विद्यार्थी भएकाले उनले कृषिलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । हरित क्रान्तिका निम्ति भारत सरकारको पहल उदारहणीय रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भारतको उपलब्धि नेपालजस्ता मुलुकले सिक्न लायक रहेको बताएका छन् । नेपालको सन्दर्भमा उपयुक्त हुने विषय अनुशरण गर्न तयार रहेको उनको भनाइ थियो ।

सो कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कृषि तथा पशुपक्षी विकासमन्त्री डा.बेदुराम भुसाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रिपरिषद्का सदस्य, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिवलगायतको सहभागिता थियो ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्