Skip to content
nabil bank inside

प्रहरी समायोजनपछिको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन

nmb bank inside

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रहरी समायोजनपछिको तयारीका लागि जुट्न निर्देशन दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मंगलबार अनुगमन गर्दै उनले सङ्घीय सरकारले प्रदेश सरकारलार्ई प्रहरी समायोजन गरी हस्तान्तरण गर्न लागेकाले यस सम्बन्धमा आवश्यक तयारी गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री कार्कीले प्रहरी समायोजन भएपछि त्यसको सञ्चालन, सरूवा तथा बढुवाको विधि निर्माण गर्न पूर्वतयारीमा जुट्नुपर्ने आवश्यक्ता औँल्याएका छन् । उनले भने, ‘जनताको दैनिकीका साथै शान्ति सुरक्षामा प्रत्यक्ष रुपमा जोडिएको यस मन्त्रालयले जनतालाई महसुस हुने गरी काम गर्नुपर्छ ।’ मुख्यमन्त्री कार्कीले बजेट पूर्णरुपमा कार्यान्वयन गरेमा मात्र जनतासमक्ष सरकार पुगेको महसुस हुने जानकारी दिएका छन् । मुख्यमन्त्री कार्कीले भने, ‘ट्राफिक सप्ताह होइन, प्रत्येक दिन ट्राफिक अभियान चलाउन र सडकमा जडान गरिएका सिसी क्यामेराको प्रभावकारीरुपमा अनुगमन गर्नुपर्छ ।’

सो अवसरमा मन्त्रालयका कर्मचारीले प्रदेशका १४ जिल्लामध्ये नौ जिल्लाको नक्शाङ्कन एकीकृत गर्ने काम भइरहेको र बाँकी जिल्लाको कार्य चाँडै सम्पन्न गरिने मुख्यमन्त्री कार्कीलाई जानकारी गराएका थिए ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्