Skip to content
nabil bank inside

करेलाको मुल्य बढ्यो, अन्य तरकारी तथा फलफुलको मूल्यमा सामान्य घटबढ…

nmb bank inside

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार तरकारी तथा फलफुलको मूल्यमा सामान्य घटबढ भएको पाइएको हो ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा प्रतिकेजी ४० रुपैयाँ, लोकल सानो गोलभेडा १०, अदुवा १ सय ५०, रातो आलु ३३, रातो भारतीय आलु २८ रुपैयाँमा कारोबार हुँदा लौका ६०, स्थानीय काउली २५, स्थानीय काउली(ज्यापु) ३५, ब्रोकाउली ५०, कागती १ सय २०, हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ । आइतबार लोकल बन्दा २५, लोकल गाजर प्रतिकेजी ४५ रुपैयाँ, लोकल सेतो मूला र रातो मूला १०, गान्टे मूला ७०, लोकल घिउ सिमी ४०, टाटे सिमी ३०, राजमा घिउ सिमी ७०, हरियो फर्सी लाम्चो ५०, पाकेको फर्सी ४०, डल्लो हरियो फर्सी ४० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।

यस्तै, तोरीको साग ४०, रायो साग ४०, चमसुर, पालुँगो, मेथी र सौफको साग १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज गुन्द्रुक २ सय ५०, डल्ले च्याउ ३ सय ५०, कन्य च्याउ १ सय ६०, शरीफा २ सय ५०, भारतीय सुकेको प्याज ८०, चाइनिज प्याज ६०, हरियो प्याज ९० र पुदीना २ सय ५० रुपैयाँ केजी, चाइनिज सुकेको लसुन २ सय ५०, हरियो लसुन १ सय १०, नेपाली सुकेको लसुन २ सय ६०, चुकुन्दर ७०, तामा ९०, तोफु १ सय २०, तिते करेला १ सय १०, भिण्डी ९०, पिंडालू ७०, स्कूस ४०, बरेला ३०, बकूला ६०, सेलरी १ सय २०, पार्सले २ सय ५०, इमली १ सय ४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार हरियो अंगुर प्रतिकेजी २ सय २० रुपैयाँ, कालो अंगुर ३ सय २०, केरा १ सय ३०, अनार २ सय ५०, किवि ३ सय, आभोकाडो २ सय ५०, अमला ७० र अम्बा १ सय १० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै, स्ट्रबेरी ४ सय रुपैयाँ, रुख कटहर १ सय १० रुपैयाँ, भुई कटहर १ सय ५०, मौसम १ सय २०, लोकल काक्रो १ सय ४०, हाइब्रीड काक्रो ५०, जुनार २ सय, नेपाली मेवा ६०, भारतीय मेवा ७० र लप्सी ६० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्