Skip to content
nabil bank inside

दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ: प्रधानमन्त्री दाहाल

nmb bank inside

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँ उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताएका छन् । सिंहदरबारमा सोमबार बिहान आयोजित मेलम्ची खानेपानीको पथान्तरण तथा पुनर्वितरणको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले खानेपानीको दिगो व्यवस्थाका लागि दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने जानकारी दिएका छन् । उनले भने, ‘काठमाडौँ उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ। हाल मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ।’ प्रधानमन्त्रीले अबदेखि काठमाडौँवासीलाई मेलम्चीको पानी नियमित रुपमा उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले आयोजनाको दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई आयोजनाको पुनर्निर्माणको कार्य कार्यान्वयन गरिने जनाएका छन् । साथै, हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि बाह्रै महिना सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई निर्देशन दिइसकेको प्रधानमन्त्रीले जानकारी गराएका छन् । कार्यक्रममा प्रधानमन्त्रीले काठमाडौँ उपत्यकाको जनसङ्ख्याको चापलाई मध्यनजर गरी खानेपानीको बढ्दो माग र आपूर्तिको सीमितताको विरोधाभाष समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिएका छन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्