काठमाडौँ । केही वर्षअघिसम्म घरमै सुत्केरी हुने गरेका बागलुङका गर्भवती अहिले समयअगावै स्वास्थ्य संस्था पुग्ने गरेका छन् । जिल्लाका स्वास्थ्य चौकीमा ‘प्रसूति प्रतिक्षा घर’को व्यवस्था गरिएपछि त्यहाँका सुत्केरी र गर्भवतीलाई यसबाट राहत मिलेको हो ।
स्थानीय पालिका र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको साझेदारीमा बागलुङका २२ बर्थिङ सेन्टर रहेका स्वास्थ्य संस्थामा प्रसूति प्रतिक्षा घरको व्यवस्था गरिएको छ । सुत्केरी हुनुअगावै स्वास्थ्य संस्थामा कुरुवासहित खाना खाने र बस्ने व्यवस्था मिलाइएको छ । जैमिनी नगरपालिका-५ बिनामारेकी २२ वर्षीया यमुना नेपाली दुई महिना अघि शिशुलाई जन्म दिन छिमेकी वडाको सर्कुवा स्वास्थ्यचौकी पुगिन् । जैमिनी नगरपालिका-४ सकुवा स्वास्थ्यचौकीमै सुत्केरी हुन उनलाई प्रसूति प्रतिक्षा घरले प्रेरित गरेको थियो । सुत्केरी हुने समय आएपछि गर्भवती एक-दुई दिन पहिले नै स्वास्थ्यचौकी पुग्न थालेपछि सम्भावित खतराबाट समेत जोगिन थालेका छन् । दुई दिनअगावै सकुवा स्वास्थचौकीमा आएर कुरुवासहित बसेँ, स्वास्थ्यमा सुधार आएपछि मात्रै घर फर्केँ, नेपालीले भनिन्, ‘स्वास्थ्यकर्मीको निगरानीमा नवजात शिशुको उचित स्याहार भयो, हामीजस्ता व्यक्ति होटलमा बसेर सुत्केरी हुन समस्या हुन्थ्यो, अहिले त पकाउने खाद्यान्न लिएर स्वास्थ्यचौकी आए हुँदोरहेछ, पकाउने भाँडाकुँडा, ग्यास चुलो र कुरुवा सुत्ने बेडसहितको सेवा स्वास्थ्य संस्थामै हुँदा सहज भयो ।’
यमुना मात्र होइन, अधिकांश गर्भवतीलाई खाने, बस्ने र कुरुवाको समस्याले सताउने गरेको छ । पछिल्लो समय बागलुङमा पकाएर खाने र बस्ने सुविधासहितको प्रसूति प्रतिक्षा घरले सहज भएको छ । खर्च र समयको बचत भएको छ । प्रसूति प्रतिक्षा घर त्यहाँका गर्भवती सुत्केरी हुनकै लागि कुश्मिसेरा तथा बागलुङ बजार पुग्ने गरेका थिए । जिल्लामै सबैभन्दा बढी सुत्केरी हुने स्वास्थ्य संस्थाका रूपमा चिनिएको निसीखोला गाउँपालिका-३ स्थित बोहोरागाउँ स्वास्थ्य संस्थामा निसीखोला गाउँपालिका र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको सहयोगमा प्रसूति प्रतिक्षा घर निर्माण गरिएको छ । भान्साघर र सुत्ने ठाउँसहितको प्रसूति प्रतिक्षा घरले गर्भवतीलाई खर्च र जोखिम दुवै कम गराएको स्वास्थ्यचौकीका प्रमुख कसिन्द्र शाहीले जानकारी दिएका छन् ।
बोहोरागाउँ स्वास्थ्यचौकीमा गत वर्षमात्रै १ सय ४० गर्भवती सुरक्षितरुपमा सुत्केरी भएको उनको भनाइ छ । यस वर्ष साउनयता हालसम्म ५४ गर्भवती सुरक्षितरुपमा सुत्केरी भइसकेका छन् । विसं २०७७ अघि सुत्केरी हुन स्वास्थ्य संस्थामा आउने गर्भवती होटलमा कुरुवासहित बस्नुपर्ने बाध्यता थियो । प्रसूति प्रतिक्षा घर निर्माणपछि उक्त समस्या हटेको छ । विसं २०७७ मा निसीखोला गाउँपालिकाको तीन लाख र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको दुई लाख ५० हजारको लागतमा प्रसूति प्रतिक्षा घर निर्माण गरिएको हो । ग्रामीण स्वास्थ्य सुधार परियोजना विवाइसी बागलुङ र स्थानीय पालिकाको साझेदारीमा २२ बर्थिङ सेन्टरमा बस्ने र पकाएर खाने सुविधासहितको प्रसूति प्रतिक्षा घर निर्माण गरिएको परियोजना विज्ञ गणेश बरुवालले जानकारी दिए । सरकारको प्रसूति प्रतिक्षा घर बनाउने नीति र कार्यक्रममा परियोजना साझेदार बनेको उल्लेख गर्दै उनले गर्भवती र सुत्केरीलाई समय, खर्च बचतसँगै जोखिमसमेत घटेको छ ।
बोहोरागाउँमा प्रसूति प्रतिक्षा घर निर्माण गरिएको छ । केही स्थानमा भवन मर्मतसम्भार गरेर प्रसूति प्रतिक्षा घरको व्यवस्था गरिएको छ । धेरै स्थानमा स्वास्थ्य संस्थाभित्रै प्रसूति प्रतिक्षा घर बनाइएको छ । जिल्लामा ६८ बर्थिङ सेन्टर भए पनि आवश्यकता र प्राथमिकताका आधारमा स्थानीय सरकारले प्रसूति प्रतिक्षा घर बनाउँदै गएका छन् । प्रसूति प्रतिक्षा घरका कारण राहत मिलेको निसीखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जुनी घर्तीमगरले बताइन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्