Skip to content
nabil bank inside

सवारी दुर्घटनामा परी पूर्वमन्त्री पौडेलको निधन

nmb bank inside

काठमाडौँ । बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । चितवनको गैँडाकोट नगरपालिका-५ कालीगण्डकी चोकमा मंगलबार भएको दुर्घटनामा परी उनको निधन भएको हो ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४६प ७७५९ नं को मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग१ख ८५४७ नं को जन्ती बोकेको बसले ठक्कँर दिँदा ६७ वर्षीय पौडेलको निधन भएको हो । दुर्घटनामा परी गम्भीर घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको हो ।

भरतपुर महानगरपालिका-१७ बनगाई निवासी पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थिए । नेता पौडेलका श्रीमती, दुई छोरा र एक छोरी छन् । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार पौडेल विद्यार्थी राजनीति गर्दै पार्टीको राजनीतिमा आएका थिए । विसं २०३६मा उनी विद्यार्थी नेता हुँदै गर्दा वनारसबाट बिपी कोइरालाको सन्देश लिएर नेपाल आउने गर्थे ।

नेता पौडेलले साविक चितवन क्षेत्र नं ४ को दुई पटक क्षेत्रीय सभापति भएर काम गरेका थिए । उनको निधनमा नेपाली कांग्रेस चितवनले दुःख व्यक्त गरेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्