काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले कर प्रशासनमा चार्टर्ड एकाउण्टेन्स (सीए)लाई प्रवेश गराउन सकारात्मक रहेको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाको २७औँ वार्षिकोत्सव एवं छैटौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कर प्रशासनमा चार्टर्ड एकाउण्टेन्सलाई प्रवेश गराउन सकारात्मक रहेको महतको भनाइ छ । ‘चार्टर्ड एकाउण्टेन्सले पेसागत कर्तव्यपालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर, धम्कीबाट नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने हो भने सुशासन सुनिश्चित छ’, उनले भने, ‘आफ्नो प्रतिज्ञा सम्झिएपछि धेरै कुरा समाधान हुने छ । लेखा र चार्टर्ड ठीक हुनेबित्तिकै धेरै कुरा ठीक ठाउँमा आउँछन । बेरुजुको वर्गीकरण गरेर कुन गम्भीर खालको हो, कुन प्राविधिक समस्याका कारण हो भन्ने आधारमा प्राथमिकता दिनुपर्ने आवश्यकता छ । हाम्रो कर प्रशासनमा चार्टर्ड एकाउण्टेनलाई प्रवेश गराउनुपर्छ ।’
उनले सार्वजनिकदेखि निजी क्षेत्रमासमेत सुशासन सुनिश्चित हुने बताएका छन् । बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समस्या समाधान गर्नुपर्नेमा अर्थमन्त्री महतले जोड दिएका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्