काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार तरकारी तथा फलफुलको न्यूनतम मूल्यमा सामान्य घटबढ भएको पाइएको हो ।
समितिका अनुसार आइतबार रुख टमाटर प्रतिकेजी १ सय रुपैयाँ, नेपाली ठूलो गोलभेडा ६० , भारतीय ठूलो गोलभेडा ८०, गोलभेडा सानो(तराई) ३०, अदुवा २ सय २०, रातो आलु २८, रातो भारतीय आलु २८ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, लौका ४०, स्थानीय काउली २५, स्थानीय काउली(ज्यापु) ४०, ब्रोकाउली ४०, कागती २ सय २०, निबुवा ५०, खुर्सानी सुकेको ४ सय ५०, हरियो खुर्सानी ६०, अकबरे हरियो खुर्सानी २ सय, भेडे खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
आइतबार लोकल बन्दा ३०, लोकल गाजर प्रतिकेजी २५, तराई गाजर २० रुपैयाँ, लोकल सेतो मूला १०, रातो मूला १०, गान्टे मूला ७०, मटरकोशा ९०, लोकल घिउ सिमी ७०, टाटे सिमी ७०, राजमा घिउ सिमी ९०, हरियो फर्सी लाम्चो ६०, पाकेको फर्सी ४०, डल्लो हरियो फर्सी ७० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । तोरीको साग ४०, रायो साग ४०, चमसुर, पालुँगो, मेथी, सौफको साग ७० र जिरीको साग ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज सजिवन २ सय, गुन्द्रुक २ सय ५०, डल्ले च्याउ ३ सय, कन्य च्याउ १ सय ३०, शरीफा ३ सय, भारतीय सुकेको प्याज ६०, हरियो प्याज १ सय रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । पुदीना ४ सय ५० रुपैयाँ केजी, चाइनिज सुकेको लसुन ३ सय ५०, हरियो लसुन १ सय १०, नेपाली सुकेको लसुन २ सय ८०, चुकुन्दर ७०, तामा ९०, तोफु १ सय ४०, तिते करेला १ सय, भिण्डी १ सय, पिंडालू ७०, स्कूस ४०, बरेला ५०, बकूला ७०, सेलरी १ सय, पार्सले २ सय, इमली १ सय ४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार हरियो अंगुर न्यूनतम मूल्य प्रतिकेजी १ सय रुपैयाँ, कालो अंगुर २ सय, केरा १ सय २०, अनार २ सय ५०, किवि ३ सय, आभोकाडो ३ सय र अम्बा १ सय २० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यस्तै, स्ट्रबेरीको न्यूनतम मूल्य ३ सय रुपैयाँ, रुख कटहर ९० रुपैयाँ, भुई कटहर १ सय ५०, मौसम १ सय ४०, लोकल काक्रो १ सय ३०, हाइब्रीड काक्रो ६०, नेपाली मेवा ६०, भारतीय मेवा ७०, लप्सी ९० र जुनार २ सय २० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।
आज स्याउ ३ सय रुपैयाँ, नेपाली सुन्तला १ सय ३०, तरबुजा ६०, अनार २ सय ५०, चाइनिज नासपाती २ सय २०, किनु ८०, सुकेको छ्यापी २ सय, हरियो छ्यापी ९०, ताजा माछा (रहु) ३ सय ५०, ताजा माछा (बचुवा) २ सय ५०, ताजा माछा (मुंगरी) ३ सय १०, ताजा माछा (छडी) २ सय ५० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्