Skip to content
nabil bank inside

प्रहरी प्रधान कार्यालयद्धारा १८ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

nmb bank inside

काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले १८ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । कार्यालयले आफूखुसी कार्यालयमा गैरहाजिरीमा रहेका र खोजतलास गर्दा पनि सम्पर्कमा नआएका १८ जना प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको हो ।

बिहीबार कार्यालयले एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले धनगढी उपमहानगरपालिका-३ का प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह ढगुन्ना, ओखरढुङ्गा सिशिचरण-९ का प्रबह धनबहादुर भुजेल, प्रसह मनकुमार खड्का, प्रसह महेस पासी, प्रसह रञ्जीतकुमार सिंह, प्रापज यमन राम्जाली, प्रापज अभिषेक सुबेदी, प्रापज राम विकलाई सम्पर्कमा आउन निर्देशन दिएको छ । साथै, प्रहरी जवानहरु अशोक कुमार, मेगबहादुर पाण्डे, मनिष सुनार, ईश्वर धिमाल, तारामान गुरुङ, मनिषकुमार झा, सुमनकुमार बस्नेत, निरज बढई, विष्णु श्रेष्ठ तथा प्रकाश शेरबहादुर गिरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिइएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाका अनुसार लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो । उनले भने, ‘तोकिएको अवधिमा सम्पकर्मा नआए वा हाजिर नभए कानुनी प्रकृया पूरा गरी सेवाबाट हटाइने छ ।’

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्