काठमाडौँ । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ । काठमाडौँ जिल्ला अदालतमा आइतबार कँडेलविरूद्ध इन्द्रेणी कार्यक्रमकै पूर्वकलाकार शर्मिला श्रेष्ठले मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिएका हुन् ।
पीडित श्रेष्ठले कँडेलविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार कारबाहीको मागसहित मुद्दा दर्ता गरेकी छिन् । उक्त दफामा यौन दुर्व्यवहार गर्न नहुने कसुर उल्लेख छ । साथै, कसैमाथि यौन दुर्व्यवहार गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । जसमा हदैसम्मको कारबाही गरी क्षतिपूर्तिसमेत दिलाउन माग गरेको छ ।
त्यसैगरी पछिल्लो समय पीडित महिलाले सामाजिक सञ्जालमार्फत् आफूलाई कँडेलले यौन दुर्व्यवहार गरेको भन्दै सार्वजनिक गरेकी थिइन्।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्