Skip to content

भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर

nmb bank inside

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहितका कर्मचारीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

राजविराज मधुवापुर वडा कार्यालयबाट अर्जी टोलसम्मको ३ सय मिटर सडक कालोपत्र गर्ने क्रममा प्रक्रिया नपुर्याइ काम गरेकाले भ्रष्टाचारको अभियोगमा आज मुद्दा दायर गरिएको हो ।तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार देव, इन्जिनियर मदन राय, सवइन्जिनियर सरोजकुमार यादवविरुद्ध रू ३ लाख ४७ हजार बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।

उनका अनुसार गुन्जा कन्सट्रक्सन, खडक नगरपालिका-८ सप्तरीका प्रोपाइटर गोविन्दप्रसाद मण्डलविरुद्ध पनि रू ३ लाख ४७ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्