Skip to content

नक्कली मुद्रासहित १ जना पाकिस्तानी पक्राउ

nmb bank inside

काठमाडौँ । नक्कली थाई भाटसहित एक जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-२६ ठमेल नरसिंह चोकबाट नक्कली थाई भाटसहित एक जना पाकिस्तानी नागरिक पक्राउ परेका हुन् ।

प्रहरीले निजलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालका अनुसार पाकिस्तानको कराँचीका स्थायी बासिन्दा ३४ वर्षीय शेरदाज खानलाई १ हजार दरको १४ थान थाई भाटसहित नियन्त्रणमा लिइएको हो ।

प्रहरी प्रवक्ता ढकालले भने, ‘ठमेलस्थित गरिमा विकास बैंकबाट नोट साट्ने क्रममा नक्कली नोट बोकेका उनलाई मंगलबार साँझ सादा पोसाकमा परिचालन भएका सुरक्षाकर्मीले पक्राउ गरेका हुन् ।’

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्