काठमाडौँ । आइतबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज करेला र कालो अंगुरको मूल्य घटेको छ भने अन्य तरकारी तथा फलफुलको न्यूनतम मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।
समितिका अनुसार आइतबार रुख टमाटर १ सय ४० रुपैयाँ, नेपाली ठुलो गोलभेडा न्युनतम ५०, भारतीय ठुलो गोलभेडा ७०, भारतीय सानो गोलभेडा ३० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, तितो करेला १ सय १०, लौका ६०, परवर(तराई) २ सय ७०, घिरौला ९०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ३५, हरियो फर्सी (डल्लो) ४०, सलगम ७०, भिण्डी १ सय, सखरखण्ड ६०, बरेला ४०, पिंडालु ७०, स्कुस ४० रहेको छ । आज रायो साग ४० रुपैयाँ, पालुंगो ७० रुपैयाँ, चम्सुरको साग ७० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, मेथीको साग ७० रुपैयाँ र सौफको साग ७०, जिरीको साग ७० रुपैयाँमा किनबेच भइरहेको छ ।
आइतबार भारतीय सुकेको प्याज ७२ रुपैयाँ, हरियो प्याज ५०, लोकल गाजर ३० रुपैयाँ, तराईको गाजर २५ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ३५ रुपैयाँ, काउली तराई २०, न्यूरो ८०, ब्रोकाउली ३०, रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी रातो मूला ५० रुपैयाँ, सेतो मूला लोकल २० रुपैयाँ, सेतो मूला (हाइब्रीड) २५ रुपैयाँ, गान्टे मूला ४०, भन्टा लाम्चो ६० रुपैयाँ, भन्टा डल्लो ६०, मटरकोशा ७० रुपैयाँ, घ्यु सिमि लोकल १ सय १० रुपैयाँ, घिउ सिमी (हाइब्रीड) १ सय ३०, घिउ सिमी (राजमा) १ सय १०, टाटे सिमि ९० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।
आज बकूला ५०, तरुल ८०, कुरीलो ७ सय , कन्य च्याउ १ सय, डल्ले च्याउ ३ सय, चुकन्दर ६०, सजिवन १ सय ५०, सेलेरी ९०, पार्सले १ सय ५०, पुदिना २ सय २०, इमली १ सय ४०, तामा १ सय, तोफु १ सय ५०, गुन्दुक २ सय ५०, अदुवा २ सय, हरियो खुर्सानी १ सय, सुकेको खुर्सानी ४ सय, खुर्सानी हरियो (बुलेट) १ सय ३०, खुर्सानी हरियो (माछे) १ सय, भेडे खुर्सानी १ सय,खुर्सानी हरियो (अकबरे) ४ सय, हरियो लसुन १ सय, हरियो धनिया ५०, कागती २ सय २०, चाइनिज सुकेको लसुन २ सय, लसुन सुकेको नेपाली १ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार हरियो अंगुर १ सय २०, कालो अंगुर २ सय, नेपाली सुन्तला १ सय ५०, भारतीय सुन्तला ९०, हरियो तर्बुजा ५०, मौसम १ सय ३०, जुनार २ सय २०, भुई कटहर प्रति गोटा १ सय ५०, रुख कटहर ९०, लोकल काक्रो १ सय ४०, हाइब्रिड काक्रो ६० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी निबुवा ५०, चाइनीज नासपाती २ सय २०, नेपाली मेवा ७०, भारतीय मेवा ७०, अम्बा २ सय, लप्सी १ सय ४०, अमला ८०, किनु ९०, किवी ४ सय ५०, अभोकाडो ५ सय, अमला ८० र स्ट्रबेरी भुईऐसेलु २ सय ५० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।
यसैगरी आइतबार छ्यापी हरियो १ सय, ताजा माछा (रहु) ३ सय ५०, ताजा माछा (बचुवा) २ सय ५०, ताजा माछा (छडी) २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्