Skip to content
nabil bank inside

बाबुको हत्या गरेको अभियोगमा छोरा र बुहारी पक्राउ

nmb bank inside

काठमाडौँ । बाबुको हत्या गरेको अभियोगमा छोरा र बुहारी पक्राउ परेका छन् । नुवाकोटको किस्पाङ गाउँपालिका-५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या गरेको अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ५५ वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा हत्या भएको हो । उक्त हत्यामा संलग्न रहेको अभियोगमा मंगलबार नेपालीका छोरा र बुहारीलाई पक्राउ गरिएको प्रहरीले जनाएका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा जमुना नेपाली र उनको श्रिमान रहेका छन् ।

यस्तै, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षकले भने, ‘बाबु छोराबीच यही फागुन २५ गते रातको समयमा घरायसी विषयमा विवाद भएको थियो । विवादको क्रममा  युवक र उनकी श्रीमतीले ‘ढोकामा लगाउने आग्लोले टाउकामा प्रहार गरी घाँटी थिचेर हत्या गरेको पाइएकाले पक्राउ गरिएको हो । शव परीक्षण प्रतिवेदन र अभियुक्तहरूको बयानका आधारमा उनीहरूको संलग्नता पाइएकाले मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरमा कारबाहीका लागि अनुसन्धान अघि बढाएका छौँ ।’

प्रहरीको प्रारम्भिक अुनसन्धानका क्रममा अभियुक्तहरूले आफूहरूले भनेका विषयमा बाबुबाट असहयोग हुने गरेकाले ‘हत्या गरेको’ स्वीकार गरेका छन् । ती युवकले दुई वर्षअघि जमुनासँग विवाह गरेका थिए । त्यसपश्चातदेखि नै बाबुसँग आफूहरूको विवाद उत्पन्न हुँदै आएको प्रहरीसमक्ष उक्त अभियुक्तले बयान दिएका छन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्