काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ २९ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ८९ पैसा रहेको छ । बुधबारको तुलनामा बिहीबार अमेरिकी डलरको विनिमय दर बढेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ मुल्य ७१ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ ३७ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ ३० पैसा र बिक्री दर १ सय ७० रुपैयाँ ०७ पैसा रहेको छ ।