काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ १५ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ७५ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ मुल्य ७४ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ३८ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ १० पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ८६ पैसा रहेको छ ।
