काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई नेकपा (एमाले)को स्वास्थ्य तथा जनसङ्ख्या विभागले ध्यानाकर्षणपत्र बुझाएको छ । मन्त्री यादवलाई विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा गएको टोलीले १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएका हो ।
सो पत्रमा स्वास्थ्य सेवामा बाझिएका कानुनको तत्काल संशोधन गर्नुपर्ने, सामाजिक स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी बनाउनका लागि तत्काल कानुन सम्मत स्वास्थ्य बीमा बोर्डका पदाधिकारीको पदपूर्ति गर्दै सङ्गठन व्यवस्थापन गर्नुपर्ने, आधारभूत अस्पताल चाँडै सम्पन्न गर्नुपर्ने माग रहेका छन् ।
त्यस्तै, झाडापाखला, डेङ्गी, दादुरा, कोरोना भाइरसलगायत महामारीजन्य रोगको रोकथाम तथा नियन्त्रण, बाढीपहिरो तथा जलबाट उत्पन्न विपत्तिको व्यवस्थापनको पूर्व तयारी गर्नुपर्ने, वीर अस्पताललगायत केन्द्रीय अस्पतालमा जनशक्ति थपेर पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने, सबै अस्पतालको सेवालाई एकीकृत जानकारी गराउने प्रविधिमा जोड्नुपर्ने, युवा जनशक्तिलाई विदेश पलायन रोक्न विशेष कार्यक्रम ल्याउनुपर्ने लगायतका माग राखिएका छन् ।
मन्त्री यादवले ज्ञापनपत्र बुझ्दै सरकार गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रतिबद्ध रहेको भन्दै मागलाई सम्बोधन गर्ने जनाएका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्