Skip to content
nabil bank inside

विद्यार्थीलाई विद्यालयबाटै पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी किन्न बाध्य बनाए कारबाही हुने

nmb bank inside

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मतहतका विद्यालयलाई शैक्षिक वर्ष २०८१ का लागि पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यार्थीलाई विद्यालयबाटै किन्न बाध्य बनाए कारबाही गर्ने चेतावनी दिएको छ । महानगरले शिक्षा विभागले सामुदायिक र संस्थागत दुवै विद्यालयलाई परिपत्र गर्दै उक्त चेतावनी दिएको हो ।

आगामी शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै बिक्री गर्न र किन्न बाध्य बनाउने काम प्रचलित कानुनविपरीत रहेको शिक्षा विभागका निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलले जारी गरेको परिपत्रमा उल्लेख छ । पत्रमा भनिएको छ, ‘सामुदायिक विद्यालयले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाउनेछन्, अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नुपरेमा केन्द्रले अनुवाद गरेर प्रकाशन गरेका वा सूचीकृत भएका मात्र प्रयोग गर्नुपर्नेछ ।’

त्यस्तै, महानगरले भनेबाहेकका पाठ्यपुस्तकका लागि महानगरपालिकाले भुक्तानी नगर्ने पनि स्पष्ट पारेको छ । संस्थागत विद्यालयले पाठ्यक्रम विकास केन्द्रले सूचीकृत गरेका पाठ्यसामग्री मात्र प्रयोग गर्न-गराउनु उल्लेख गरिएको छ । विद्यालयले स्वीकृत पाठ्यसामग्री प्रयोग नगरेमा, पोशाक, स्टेशनरीलगायतका सामग्री विद्यालयबाट खरिद गर्न विद्यार्थी तथा अभिभावकलाई बाध्य गराएमा शिक्षा ऐन, २०२८ शिक्षा नियमावली २०५९ तथा काठमाडौँ महानगरपालिकाको शिक्षा ऐन, २०७५, नियमावली २०७४ तथा प्रचलित कानुनबमोजिम कारबाही हुने परिपत्रमा उल्लेख छ ।

हाल कामपामा सामुदायिक र संस्थागत गरी करिब छ सय विद्यालय रहेका छन् । चालु आर्थिक वर्षमा  महानगरले शिक्षाका लागि रु १ अर्ब ३२ करोड लाख ३३ हजार रकम विनियोजन गरेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्