काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ९८ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ५८ पैसा रहेको छ । आज अमेरिकी डलरको मुल्य स्थिर रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ११ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ७६ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ०६ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ८२ पैसा रहेको छ ।
