काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ६१ पैसा रहेको छ । बुधबार अमेरिकी डलरको मुल्य स्थिर रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ५६ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ २१ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ७४ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ५० पैसा रहेको छ ।
