काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ १७ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ७७ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४१ रुपैयाँ ७३ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ३७ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६५ रुपैयाँ ८२ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ ५६ पैसा रहेको छ ।
