काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ३७ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ९७ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ३२ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ९६ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ १० पैसा रहेको छ ।
