Skip to content
nabil bank inside

‘नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन’: मन्त्री भण्डारी

nmb bank inside

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार सङ्गठन (डब्लुटिओ) को सदस्यता लिएको २० वर्ष पूरा भए पनि अन्तर्राष्ट्रिय व्यापारबाट अपेक्षित लाभ लिन नसकेको बताएका छन् । मन्त्रालयद्वारा ‘नेपालको विश्व व्यापार सङ्गठनको सदस्यताको २० वर्षका अपेक्षा, उपलब्धि तथा आगामी कार्यदिशा’ विषयक मंगलबार आयोजित कार्यक्रममाउनले यस्तो बताएका हुन् ।

मन्त्री भण्डारीले भने, ‘विकासशील मुलुकहरुलाई विश्व अर्थतन्त्रबाट सिर्जित लाभ लिन र बजार पहुँच दिलाउन स्थापित भएको यस सङ्गठनबाट केही अपवादबाहेक अल्पविकसित मुलुकले आशा गरेअनुसार लाभ लिन सकिरहेको अवस्था छैन ।’ उनले निर्यात सम्भाव्यता भएका राष्ट्रसँग द्विपक्षीय व्यापार तथा लगानी सम्झौता गर्न सरकार, निजी क्षेत्र, अनुसनधान संस्थालगायत सरोकारवालाको सहभागितालाई अर्थपूर्ण बनाउन जरुरी रहेकामा जोड दिएका छन् ।

उनले अन्तर्राष्ट्रिय व्यापारको सम्भावना अध्ययन गरी वस्तुगत र देशगत निर्यात रणनीति तर्जुमा गरी अगाडि बढ्ने योजना आवश्यक देखिएको जनाएका छन् । मन्त्री भण्डारीले  विश्व व्यापारका सन्दर्भमा सार्वजनिक-निजी संवाद कार्यक्रममा सबैलाई आ-आफ्नो क्षेत्रबाट कसरी औद्योगिक तथा व्यापारिक क्षेत्रमा जागरण ल्याउन सकिन्छ भनेर बृहत् बहस तथा छलफलको आवश्यकता औँल्याएका छन् । मन्त्री भण्डारीले विश्व व्यापारको परिणाम अपेक्षाकृत आउन नसकेको उल्लेख गर्दै यसका लागि गम्भीर ढङ्गले राष्ट्रिय बहसको आवश्यकता रहेको बताएका छन् ।

उनले भने, ‘डब्लुटीओको मान्यतामा हामी सहमत छौँ, तर नेपालका सन्दर्भमा त्यो लागू हुन सकेको छैन, हामीले आयातित वस्तुको भारी बोक्नुपर्ने अवस्था छ, यो समस्याबाट हामी मुक्त हुन जरुरी छ ।’ उनले विश्व बजारमा नेपालको उपस्थिति हुन नसकेको विषयमा मसिनो ढङ्गले अध्ययन गर्न जरुरी रहेको जानकारी दिएका छन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्