काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ६६ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४१ रुपैयाँ ९८ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ६२ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६४ रुपैयाँ ८४ पैसा र बिक्री दर १ सय ६५ रुपैयाँ ५८ पैसा रहेको छ ।
