काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ६२ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ १३ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ७७ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६५ रुपैयाँ ४५ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ २० पैसा रहेको छ ।
