काठमाडौँ । साताको कारोबारको अन्तिम दिन (आज) बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिललो दिनको तुलनामा आज नेप्से परिसूचक ३.२४ अङ्कले घटेर १९६५.९३ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ३ कम्पनीको ६३ लाख १२ हजार ५ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३६ करोड ६९ लाख ७५ हजारमाथिको सेयर कारोबार भएको छ ।