Skip to content
nabil bank inside

सोमबार तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ…(विवरणसहित)

nmb bank inside

काठमाडौँ । सोमबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार आज भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ६०, भारतीय सानो गोलभेडा ४० रुपैयाँ र सानो गोलभेडा (तराई) ४५ रुपैयाँ, रातो आलु ५२ रुपैयाँ, भारतीय रातो आलु ४८ रुपैयाँ र सेतो आलु ४५ रुपैयाँ, भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, बन्दा लोकल ३५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ६० रुपैयाँ, सेतो मुला हाइब्रिड ४० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ८०, मकै बोडी ९०, मटरकोशा १८० रुपैयाँ, लोकल घ्यु सिमि १००, हाइब्रिड घ्यु सिमि १००, राजमा १३०, भटमासकोसा १०० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको छ ।

आज तितो करेला ४०, लौका ५०, लोकल परवर ९० रुपैयाँ, परवर (तराई) ८० रुपैयाँ, चिचिण्डो ६० रुपैयाँ, घिरौला ५०, झिगुनी ६०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) २५, हरियो फर्सी (डल्लो) २५, भिण्डी ४०, सखरखण्ड ६० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो साग १४० रुपैयाँ, चम्सुरको साग १४० रुपैयाँमा किनबेच भईरहेको छ ।

समितिले सार्वजनिक गरेको मूल्यसुचीमा तोरीको साग ४० रुपैयाँ र मेथीको साग १४० रुपैयाँ, हरियो प्याज १००, कन्य च्याउ १३०, डल्ले च्याउ २८०, कुरिलो ३००, न्युरो १४०, ब्रोकाउली १००, चुकन्दर ६०, सजीवन ९०, रातो बन्दा ५०, जिरीको साग ८०, सेलेरी १२०, पार्सले २५०, सौफको साग १४०, पुदिना १५०, गान्टे मुला ७०, इमली १४०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २५०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ८०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ७०, हरियो लसुन १००, हरियो धनिया ८०, चाइनिज सुकेको लसुन २५०, नेपाली सुकेको लसुन १८०, छ्यापी सुकेको १४० रुपैयाँ र छ्यापी हरियो १५० रुपैयाँ उल्लेख छ ।

सोमबार फुजी स्याउ २८०, केरा (दर्जन) १२०, कागती २५०, अनार ३००, आँप (माल्दह) २२०, आँप (दसहरी) १६०, आँप (कलकत्ते) १६०, हरियो अंगुर १८०, कालो अंगुर २८०, तरबुजा (हरियो) ३५, मौसम १८०, जुनार २५०, भुई कटहर प्रति गोटा १८०, रुख कटहर ६०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो २०, चाइनिज नासपाती २००, नेपाली मेवा १००, भारतीय मेवा १००, किवि ५५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा किनबेच भईरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्