Skip to content
nabil bank inside

बिहीबार तरकारी तथा फलफूलको भाउ कति ?

nmb bank inside

काठमाडौँ । बिहीबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज र तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको छ ।

समितिका अनुसार आज भारतीय ठुलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा टनेल ३४, भारतीय सानो गोलभेडा २५ रुपैयाँ र सानो गोलभेडा तराई २५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ५० रुपैयाँ, भारतीय रातो आलु ४६ रुपैयाँ, रातो आलु मुडे ४८ रुपैयाँ र सेतो आलु ४४, भारतीय सुकेको प्याज ६२ रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, बन्दा लोकल २५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, स्थानीय काउली ज्यापु ६० रुपैयाँ, सेतो मुला हाइब्रिड २५ रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ६०, मकै बोडी ७०, मटरकोशा १८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

आज तितो करेला ३०, लौका ४०, लोकल परवर ७० रुपैयाँ, परवर तराई ६० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ३०, झिगुनी ६०, फर्सी पाकेको ३५, हरियो फर्सी लाम्चो २०, हरियो फर्सी डल्लो २५, भिण्डी १८, सखरखण्ड ६०, स्कुस ७०, रायो साग २० रुपैयाँ, पालुंगो साग १२० रुपैयाँ, चम्सुरको साग १२० रुपैयाँ, तोरीको साग २० रुपैयाँ र मेथीको साग १२०, हरियो प्याज ७०, कन्य च्याउ १६०, डल्ले च्याउ २८०, कुरिलो २५०, न्युरो ८० रुपैयाँमा किनबेच भईरहेको छ ।

त्यसैगरी ब्रोकाउली ६०, चुकन्दर ५०, सजीवन १३०, रातो बन्दा ६०, जिरीको साग ८०, सेलेरी १४०, पार्सले २५०, सौफको साग १२०, पुदिना १५०, गान्टे मुला ६०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ७०, खुर्सानी हरियो बुलेट ८०, खुर्सानी हरियो माछे ३०, भेडे खुर्सानी ४० रुपैयाँमा कारोबार भईरहेको समितिले जनाएको छ ।

बिहीबार हरियो लसुन ७०, हरियो धनिया २००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन १७०, छ्यापी सुकेको १४० रुपैयाँ र छ्यापी हरियो १५०, फुजी स्याउ ३००, केरा दर्जन १२०, कागती २००, अनार ३५० , आँप मालदह १२०, आँप दसहरी २००, आँप कलकत्ते १८०, हरियो अंगुर २५०, तरबुजा हरियो ३० , मौसम १४०, जुनार २५०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो २०, चाइनिज नासपाती २२०, नेपाली मेवा ८०, भारतीय मेवा ७०, लिच्ची लोकल २५०, किवि ५५०, आभोकाडो ५५०, भुई कटहर प्रति गोटा १८० र रुख कटहर ४० रुपैयाँ न्युनतम मूल्यमा किनबेच भईरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्